२०८३, आश्विन २७ गते

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

    काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। 

    सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने उसको अडान छ। 

    गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा ‘टेबल’ हुन सकेन। कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेन।

    संसद्को अवरोध हटाउने विषयमा सभामुखले गरेको प्रयास सफल हुन सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले भने गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेको छ। त्यसपछि आवश्यक परे समिति गठन गर्न सकिने निषकर्ष बुधबार बसेको बैठकले निकालेको छ।

    पार्टीको संसदीय दलको बैठकमा मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको ‘बकवास’ सुनेर नबस्ने भन्दै प्रतिवाद गर्ने संकेत गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij