काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजन जारी छ। यो सिजनको ६० औँ खेल आज हुँदैछ।
जम्मा ७२ खेल खेलिने यो सिजनको आईपिएलको आजको खेलमा भने अकं तालिकाको शिर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सविरुद्ध प्लेअफबाट बाहिरिएर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेकोे मुम्बई इन्डियन्सले प्र्रतिष्पर्धा गर्दैछ।
तर यो खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा हुँदैछन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। यो सिजनमा कोलकाता र मुम्बईबिचको दोस्रो खेल हो। यसअघिको खेलमा कोलकाता २४ रनले विजयी भएको थियो।
यो सिजनमा कोलकाताको १२ औँ तथा मुम्बईको १३ औँ खेल हुनेछ। कोलकाताले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ। मुम्बईले १२ खेलमध्ये ४ जित र ८ हारमा बेहोरेको छ।
हेड टु हेडमा कोलकाताभन्दा मुम्बई अगाडि छ। यी दुईबिच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेको छ। इडेन गार्डेनमै यी दुई टोली १० पटक भिडेका छन्। यसमध्ये मुम्बईले ७ पटक जितेको छ भने कोलकत्ताले ३ पटक मात्रै जितेको छ।
यद्यपी आजको खेल मुम्बईले जिते पनि त्यो प्रतिष्ठाका लागि मात्रै हुनेछ। हार्दैमा पनि कोलकत्तालाई कुनै फरक पर्ने छैन। यदि कोलकत्ता विजय भए प्लेअफमा पुग्नेछ।
कोलकाताको टोलीमा श्रेयस अय्यर (कप्तान) छन् भने, फिल साल्ट (विकेटकीपर) छन्। यस्तै सुनील नारायण, अंगक्रिश रघुवंशी, वेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षल पटेल, वैभव अरोरा जस्ता खेलाडी छन्।
यता मुम्बईमा हार्दिक पाण्ड्या (कप्तान) तथा इशान किशन (विकेटकिपर), छन्। यस्तै रोहित शर्मा, नमन धीर, सूर्यकुमार यादव, तिलक वर्मा, टिम डेभिड, अंशुल कम्बोज, पियुष चावला, जसप्रित बुमराह र नुवान थुसारा, जेराल्ड कोट्जी जस्ता विश्व चर्चित खेलाडी छन्।