काठमाडौं। तेस्रो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा पहिलो सफलता दिलाएका थिए भने, लेग स्पिनर कुशल भुर्तेलले दोस्रो सफलता दिलाएका थिए भने तेस्रो सफलता पनि कुशलले नै दिलाए। वेस्टइन्डिज ‘ए’ले तेस्रो विकेटका रुपमा केसी कार्टी लाई गुमायो। उनले १० बलमा ४ रन बनाएका थिए।
त्यसअघि कुशलले दशौँ ओभरको अन्तिम बलमा जोन्सन चाल्र्सलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। बुधबार नेपालविरुद्ध सतक हानेका उनले आज पनि अर्धसकत बनाएर आउट भए। उनले आज ३० बलमा ५८ रन बनाएर आउट भए।
त्यसअघि प्रतिशले वेष्ट इन्डिज ‘ए’ का एलिक अथान्जलाई ५ रनमा आउट गरेका थिए।