२०८३, कार्तिक १ गते

नेपाल र वेस्टइन्डिजबिच चौथो खेल आज

नेपाल र वेस्टइन्डिजबिच चौथो खेल आज

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • नेपाल र वेस्टइन्डिजबिच चौथो खेल आज

    काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ। टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

    पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

    जारी शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ। बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो। त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

    शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो। पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

    टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी२० खेल खेलिरहेको हो। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij