२०८३, आश्विन २७ गते

विप्लवले काटे गहुँ

विप्लवले काटे गहुँ

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • विप्लवले काटे गहुँ

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गहुँ काट्न पुगेका छन्। 

    १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन ललितपुरस्थित हरिसिद्धिमा पार्टीले  सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न उनी पुगेका हुन्।

    केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता सँगै महासचिवले गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएको जानकारी दिए।

    सो क्रममा विप्लवले विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुँजीपति वर्गबिचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने बताए।

    विप्लवले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij