२०८३, आश्विन २७ गते

मन्त्रालय नपाएपछि टिकाले फिर्ता लिइन् सरकारलाई दिएको समर्थन

मन्त्रालय नपाएपछि टिकाले फिर्ता लिइन् सरकारलाई दिएको समर्थन

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • मन्त्रालय नपाएपछि टिकाले फिर्ता लिइन् सरकारलाई दिएको समर्थन

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन्।

    उनले उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै हिजो मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका दिर्घ सोडारीलाई आफ्नो समर्थन नरहेको बताएकी हुन्। उनी मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी थिइन्।

    तर मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि उनी शपथ नलिई फर्केकी थिइन् र समर्थन फिर्ता लिएको घोषणा गरिन्। उनले सोडारी नेतृत्वको सरकारलाई समर्थन नगर्ने र मन्त्री पनि नबन्ने घोषणा गरेकी छन्। थापाले मन्त्रालय फुटाउने कुरा गलत भएको भन्दै आफुहरुमाथी घोका भएको बताइन्।

    मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij