काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री सोडारीले आजै शपथ लिने तयारी छ ।