२०८३, आश्विन २९ गते

हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

    काठमाडौं। ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। नेपालको यो लगातार तेस्रो जीत हात हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रोमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

    ओमनको अल अमरेत क्रिकेट–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुँदै एक सय १४ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको नेपालले १२.२ ओभरमा मात्रै दुई विकेट क्षतीमा विजयलक्ष्य पुरा गर्‍यो। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८ ओभरमा झारिएको थियो।

    नेपालका लागि ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर भुर्तेल र शेखले ५‍‍.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए।

    रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे। सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए। बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १\१ विकेट लिए।

    आजको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई सस्तैमा समेट्न सफल भए। टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो।

    नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ तथा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट चट्काए। दिपेन्द्रले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन्। उनले जम्मा ५ बल मात्रै फालेका थिए। ललितको नाममा आज विकेट मेडन ओभर पनि रहयो।

    हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij