२०८३, आश्विन २९ गते

नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

    नेपाली समय अनुसार पौन १२ बजे खेल सुरु हुनु पर्ने भएपनि बर्षाका कारण टस पनि हुन सकेको छैन्।

    आजको खेल ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा हुँदैछ। एसियन क्रिकेट काउन्सिलले दिएको पछिल्लो तालिका अनुसार खेल १ बजे सुरु हुनेछ।

    नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रोमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

    लगातार २ खेलमा जित हासिल गरेको नेपाल ४ अंकसहित समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij