२०८३, आश्विन २७ गते

आईपीएल: बैंगलुरुले हैदराबादको सामाना गर्दै

आईपीएल: बैंगलुरुले हैदराबादको सामाना गर्दै

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • आईपीएल:  बैंगलुरुले हैदराबादको सामाना गर्दै

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ।

    खेल राति नेपाली समयअनुसार ७ः४५ बजे बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । यो सिजनको आईपीएलमा हैदराबादको छैटौँ खेल हो । हैदराबादले खेलेका पाँचमध्ये तीनमा जित र दुई खेलमा बेहोरेको छ ।

    हैदराबाद ६ अंकसहित तालिकाको चोथो स्थानमा छ । सिजनको सुरुआतदेखि नै निराशाजनक प्रदर्शन गर्दै आएको बैंगलुरुको भने यो सातौँ खेल हो । बैंगलुरु यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा पराजित भएको छ ।

    बैंगलुरु केवल दुई अंकसहित तालिकाको १०औँ स्थानमा छ । इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल २३ खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा हैदराबाद र १० खेलमा बैंगलुरुले जित निकालेको छ।

    हैदराबाद र बैंगलुरुबिच सोमबारको खेल हुने एम चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij