२०८३, आश्विन २७ गते

माओवादीमा फर्किए विश्वद्वीप

माओवादीमा फर्किए विश्वद्वीप

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • माओवादीमा फर्किए विश्वद्वीप

     काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

    पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।

    पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्।

    उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij