२०८३, आश्विन २७ गते

मधेशमा खानेपानी अभाव टार्न वारुणयन्त्र परिचालन, सेनासमेत सक्रिय

मधेशमा खानेपानी अभाव टार्न वारुणयन्त्र परिचालन, सेनासमेत सक्रिय

बुधवार, श्रावण १ २०८२
बुधवार, श्रावण १ २०८२
  • मधेशमा खानेपानी अभाव टार्न वारुणयन्त्र परिचालन, सेनासमेत सक्रिय

    काठमाडौं। खडेरीका कारण चर्किएको खानेपानी संकट न्यूनीकरण गर्न मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ। लामो समयदेखि पानी नपर्दा बारा, पर्सासहितका जिल्लामा खानेपानीको चरम अभाव भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा पानी वितरण सुरु गरिएको हो।

    मुख्यमन्त्री सिंहले बुधबार बिहान जनकपुरमा राखिएका ८ वटा वारुणयन्त्र बस्ती–बस्तीमा खानेपानी पुर्‍याउन पठाएका हुन्। ती वारुणयन्त्र हालसम्म स्थानीय तहमा हस्तान्तरण हुन बाँकी थिए। ‘लामो खडेरीका कारण चापाकल र मुहान सुकिरहेका छन्। तत्काल राहत स्वरूप हामीले खानेपानी ढुवानी सुरु गरेका छौं,’ मुख्यमन्त्री सिंहले भने।

    प्रेस सल्लाहकार अवधेश झाले दिएको जानकारी अनुसार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार ती ८ वटा वारुणयन्त्रलाई अति प्रभावित क्षेत्रमा पठाइएको हो। तीमध्ये प्रत्येकको क्षमता ५ हजार लिटर रहेको छ, र २४ सै घण्टा परिचालित हुनेछन्।

    खानेपानी संकट न्यूनीकरणका लागि प्रदेश सरकारसँगै नेपाली सेना, वन कार्यालय र अन्य सरकारी संयन्त्र समेत परिचालन गरिएको छ। अहिले ८ वटा वारुणयन्त्र, सेनाका ७ ट्यांकर र वन कार्यालयका ३ गाडीमार्फत पानी वितरण भइरहेको छ।

    मुख्यमन्त्री सिंहले खडेरी र पानी अभावबाट प्रभावित नागरिकको समस्या समाधानमा प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन्। उनले मंगलबार साँझ संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग पनि समस्या समाधानका लागि छलफल गरेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij