२०८३, आश्विन २७ गते

ज्ञानेन्द्र शाहीका सचिवालय सदस्यमाथि यसकारण लाग्यो साइबर अपराधको मुद्दा

ज्ञानेन्द्र शाहीका सचिवालय सदस्यमाथि यसकारण लाग्यो साइबर अपराधको मुद्दा

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • ज्ञानेन्द्र शाहीका सचिवालय सदस्यमाथि यसकारण लाग्यो साइबर अपराधको मुद्दा

    काठमाडौं। माओवादीकी एक सांसदको ‘चुम्बन’ गरेको फोटोरभिडिओ फेसबुकमा राखेपछि राप्रपाका युवा नेतामाथि साइबर अपराधको मुद्दा परेको छ।

    साइबर ब्युरोले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा नेता रमेशबहादुर बागविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर गरेको हो।

    यसअघि गएको २० असारमा ती सांसदले आफ्नो व्यक्तिगत फोटो, भिडिओको साथमा जथाभाबी लेखेर पोस्ट गरी चरित्रहत्या गर्ने लगायतका कार्य गरेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसको दुई दिनपछि पक्राउ परेका बागमाथि ब्युरोले अनुसन्धान थालेको थियो।

    बाग सुदूरपश्चिम प्रदेशका लागि राप्रपाको सूचना तथा सञ्चार प्रविधि प्रमुख र राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ युवा सङ्गठनका केन्द्रीय सदस्य हुन्। पछिल्लो समय उनी सांसद ज्ञानेन्द्र शाहीको निजी सचिवालय सदस्यको रूपमा समेत रहेका थिए।

    प्रतिनिधिसभामा राप्रपाको प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्र शाहीले फेसबुकमा लेख्दै उल्टै माओवादीकी सांसदमाथि दोष लगाएका छन्। उनले भनेका छन्, “समानुपातिक सांसदले काण्ड आफै मच्चाउने, उक्त काण्डको भिडिओ, आफैँ पोस्ट गर्ने, एउटा राष्ट्रिय साप्ताहिक पत्रिकामा लेख्न आफैँ लगाउने। तर उक्त लेखेको लेख र भिडिओ के हो भनी प्रश्न गर्दा मान्छेलाई थुन्ने, यस्ता लोकतान्त्रिक गतिविधिको हामी घोर भर्त्सना गर्दछौँ।”

    बाग पक्राउको विषयलाई लिएर राप्रपाले विज्ञप्ति नै निकालेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij