२०८३, आश्विन २७ गते

काभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना

शनिवार, श्रावण ४ २०८२
शनिवार, श्रावण ४ २०८२
  • काभ्रेमा बस दुर्घटना

    काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन्। 

    रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

    ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ।

    प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दुर्घटनामा घाइते भएका यात्रुको नाम थर, वतन खुल्न बाँकी रहेको र उहाँहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताए। दर्घटना भएको बस घटनास्थलमा रहेको र बसचालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij