२०८३, आश्विन २७ गते

आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं । आयरल्याण्ड एविरुद्धको पहिलो टी ट्वान्टी खेलमा नेपाल विजयी बनेको छ । 

    सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड ुएुलाई ६ विकेटले हराएको हो । आयरल्याण्डले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

    नेपालको जितमा नायक रहे, कुशल भुर्तेल । उनले अविजित ३७ रन बनाए । सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे । आसिफ शेख १६ रनमा आउट भए । 

    कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएको खेलमा गुलसन झाले ४ रन बनाए । ग्यारेथ डेलानीले २ तथा बेन व्हाइट र थोमस मेयरले समान एक एक विकेट हात पारेका थिए । 

    यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।  

    आयरल्याण्डको ए टिमलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिएका थिए । करन केसी र कुशल मल्लको नाममा समान एक एक विकेट रह्यो ।

    आयरल्याण्ड उल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । थोमस मेयर र लियाम मेक्कार्थीले समान १६ रनको योगदान दिए । फिओन हाथले ११ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग नेपालको सिनियर टिमले दुई टी ट्वान्टी खेल्नेछ । त्यस्तै नेपाल एले तीन टी ट्वान्टी सिरिज र तीन वान डे सिरिज खेल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij