२०८३, आश्विन २७ गते

आयरल्यान्डबाट नेपालले पायो १२२ रनको लक्ष्य

आयरल्यान्डबाट नेपालले पायो १२२ रनको लक्ष्य

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • आयरल्यान्डबाट नेपालले पायो १२२ रनको लक्ष्य

    काठमाडौं। पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ।

    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको हो।

    आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे। टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    आजको खेलमा बलरले प्रभावशाली प्रदर्शन गरे। बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुईरदुई विकेट लिए। करण केसी र कुशल मल्लले एकरएक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij