काठमाडौं । आयरल्याण्ड ए विरुद्धको पहिलो टि–२० खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। सातौँ ओभरको २ दोस्रो ओभरमा नेपाललाई तेस्रो सफलता मिलेको हो।
तेस्रो विकेटकारुपमा नेपालका गुल्शन झाले आयरल्याण्ड ए का मोर्गन टोप्पिङको विकेट चट पारे। त्यसअघि आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस अदैरलाई आउट गरेका थिए ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ७ औँ ओभरको खेल चलिरहँदा ३ विकेट गुमार ४३ रन जोडेको छ ।