२०८३, आश्विन २९ गते

आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

     काठमाडौं। टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्डले दुबै ओपनरलाई गुमाएको छ।

    आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिए् भने दोस्रो विकृेट ललित नारयण  राजवंशीले लिएका हुन्। करनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे भने ललितले अर्का ओपनर केड कार्माइकलको विकेट झारेका हुन्।

    करनले पहिलो ओभरको दोस्रो बलमा मार्कलाई आउट गरेका हुन्। ललितले तेस्रो ओभरको अन्तिम बलमा केडलाई आउट गरे। हालसम्म ५ दशमलब १ को खेल चलिरहँदा आयरल्यान्डले २ विकेट गुमाएर ३२ रन बनाएको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij