२०८३, आश्विन २९ गते

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं। अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

    जिल्लाको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा  तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।  

    सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।

    दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij