काठमाडौं । गायिका समिक्षा अधिकारीको स्वरमा 'तिमि त रैछौ नि बैगुनी' बोलको गीत सार्वजनिक भएको छ।
यो गीतको भिडियो एबी मोसन पिक्चर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा प्रेममा पाएको धोकालाई व्यक्त गरिएको छ। गीतको शब्द र भिडियोमा पनि बिछोड पछिको पिडा देखाइएको छ।
महादेव पाण्डेको शब्द संगीत रहेको यो गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन्। गीतको भिडियोमा पवित्रा साकी (मिस पबि) रोनिक रोन, कृष्ण गोरखाली, अनुष्का बस्नेत, मन्जु शाही लगाएतले अभिनय गरेका छन्।
भिडियोमा बाल कलाकारको भुमिकामा अरोना बरालले अभिनय गरेकी छन्। भिडियोलाई शिर्जन बरालले निर्देशन गरेका हुन्।