२०८३, आश्विन २७ गते

अनुराग कश्यपलाई १ घण्टा भेट्दा ५ लाख दिनुपर्ने

अनुराग कश्यपलाई १ घण्टा भेट्दा ५ लाख दिनुपर्ने

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • अनुराग कश्यपलाई १ घण्टा भेट्दा ५ लाख दिनुपर्ने

    काठमाडौं। बलिउड निर्देशक अनुराग कश्यपले मान्छे भेट्दा शुल्क लिने बताएका छन्।

    खासगरि उनले भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकारलाई लक्षित गरि यस्तो अभिव्यक्ती दिएका हुन्। नयाँ कलाकार बन्ने आउनेलाई अब आफूले सित्तैंमा भेटेर समय बर्बाद नगर्ने उनको भनाइ छ।

    ‘नयाँ आउने धेरैलाई मैले मद्दत गरेको छु। यतिबेला म थकित छु। आफूलाई महान् व्यक्ति भन्ने कसैलाई पनि भेटेर समय खेर फाल्ने छैन। अब पैसा लिन्छु,' उनले इन्स्टाग्राममा सेयर गरेको पोस्टमा लेखिएको छ, 'कसैले मलाई भेट्न चाहन्छ भने १०–१५ मिनेटको एक लाख रुपैयाँ लिन्छु।’

    उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। ‘आधा घण्टाका लागि दुई लाख रुपैयाँ लिन्छु। यदि कसैले मलाई एक घण्टा भेट्न चाहन्छ भने पाँच लाख रुपैयाँ तिर्नुपर्छ। यो मेरो रेट हो,' उनले अगाडि लेखेका छन्, 'मान्छेलाई भेट्दा समय बर्बाद गरेकोमा म थकित छु। यदि तपाईंले खर्च गर्न सक्नुहुन्न भने मलाई कल गर्नुस् नत्र भाँडमा जानुहोस्। सबै पैसा अग्रिम तिर्नुपर्छ।’

    कश्यपले बनाएको पछिल्लो फिल्म ‘केनेडी’को प्रदर्शन मिति तय भइसकेको छैन। यो फिल्ममा सन्नी लियोनी र राहुल भट्ट देखिने छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij