२०८३, आश्विन २७ गते

नेपालले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

नेपालले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • नेपालले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

    काठमाडौं। नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ।

    खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।

    टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ। त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन्। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन्। आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन्।

    सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन्। पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन्।

    यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन्। अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ। नेपालले अनिल शाह, आकाश चन्द र विवेक यादवलाई आज मौका दिने सम्भावना छ। पछिल्लो समय लयमा नभएका अभिनाश बोहरालाई पनि सुधार गर्ने राम्रो अवसर हुनेछ।

    आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी टोलीमा हुँदा नेपालसँगको खेल कडा टक्कर हुनसक्ने अनुमान गरिएको छ।

    नेपालको टोली

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द।

    आयरल्यान्डको टोली

    निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij