२०८३, आश्विन २९ गते

ललितपुरमा राती ग्याङ फाईट, छुरा प्रहारबाट दुईजनाको मृत्यु

ललितपुरमा राती ग्याङ फाईट, छुरा प्रहारबाट दुईजनाको मृत्यु

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • ललितपुरमा राती ग्याङ फाईट, छुरा प्रहारबाट दुईजनाको मृत्यु

    काठमाडौं। ललितपुरमा दुई समूहबीच भएको झडपमा छुरी प्रहारबाट २ जनाको ज्यान गएको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरले ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप भएको र उक्त घटनामा दुईजनाको मृत्यु भएको जानकारी दियो।

    मृत्यु हुनेमा धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राई रहेको परिसरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।

    फागुपर्व मनाउने क्रममा विवाद भएको अनुमान गरेपनि घटनाका बिषयमा प्रहरीले पनि ढिलो गरि मात्र जाानकारी पाएका कारण धेरै कुरा खुल्न बाँकी नै छ। राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो।

    घटनास्थलबाट प्रहरीले एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij