२०८३, आश्विन २९ गते

गुजरातले मुम्बईलाई हरायो, क्याप्टेन पाण्ड्याको खेल कस्तो?

गुजरातले मुम्बईलाई हरायो, क्याप्टेन पाण्ड्याको खेल कस्तो?

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • गुजरातले मुम्बईलाई हरायो, क्याप्टेन पाण्ड्याको खेल कस्तो?

    कठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

    आइतबार राति भएको खेलमा मुम्बईलाई गुजरातले ६ रनले हराएको हो। गुजरातले मुम्बईलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो।

    त्यसक्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो। डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

    गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिँदा साई किशोरले एक विकेट झारे। ३ आभेर बल फालेका क्याप्टेन हार्दिक पाण्ड्याले भने विकेट लिन सकेनन्। उनले ३० रन दिएका थिए।

    मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो।

    गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए। उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए। कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए। मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij