२०८३, आश्विन २७ गते

ग्लोबल आईएमईको ‘ग्रिन ड्राइभ’ योजना

ग्लोबल आईएमईको ‘ग्रिन ड्राइभ’ योजना

शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • ग्लोबल आईएमईको ‘ग्रिन ड्राइभ’ योजना

    काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्धन गर्न न्यूनतम ब्याजदरमा ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक गरेको छ। 

    यो योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि विद्युतीय चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९।४९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ। कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९।४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९।९९ प्रतिशत ब्याजदर  छ। 

    ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारीसाधनको प्रयोग गर्ने मनस्थिति बनाएकाहरू यो योजनाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

    ग्लोबल आईएमई बैंकको मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा पुर्‍याउँदै आएको छ। यस्तै ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij