२०८३, आश्विन २७ गते

गैडहवा गाउँपालिकाका अध्यक्ष पौडेल भूकम्पपीडितसँग

गैडहवा गाउँपालिकाका अध्यक्ष पौडेल भूकम्पपीडितसँग

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • गैडहवा गाउँपालिकाका अध्यक्ष पौडेल भूकम्पपीडितसँग

    भैरहवा, १९ कार्तिक । रुपन्देहीको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल राहत तथा स्वास्थ्य सामग्रीसहित भूकम्पप्रभावित क्षेत्रमा पुगेका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अतिप्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ासहित आवश्यक सामग्री लिएर पुगेका हुन् ।

    गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नम्बर १ देखि ९ सम्मका अध्यक्ष, कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।

    त्यस्तै संघीय सांसद बासुदेव घिमिरे, गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल लगायत जनप्रतिनिधि र कर्मचारीले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्दार गर्न आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij