काठमाडौं। लोकप्रिय गायक चक्र बमको होलीको गीत 'कति राम्रो होली फागुनमा' यति बेला निकै चर्चित बन्दै गएको छ।
२ दिन अगाडी मात्रै युट्युबमा सार्वजनिक भएको होली गीतलाई दर्शक स्रोताले रुचाएका छन्। गीतलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन्।
फेशबुक तथा इन्स्टाग्राममा प्रयोगकर्ताले अत्यधिक मात्रैमा रिल पनि बनाएका छन्। सुदूरपश्चिमका पहाडी तथा तराइको रानाथारु समुदायमा होलीका अवसरमा गाइने 'होरी' भाकालाई उनले गीतमा समेटेका हुन्। चक्र बम च्यानल मार्फत सार्वजनिक यो गीत २ दिनमा मात्रै करिव साढे ३ लाख पटक हेरिएको छ।
गीतमा प्रतिक्रिया पनि सकरात्मक छन्। करिब २५ सय बढिल गीतको भिडियोमा प्रतिक्रिया जनाएका छन्। गीतमा होलीको महिमासँगै देशको पहिले र अहिलेको अवस्थालाई चित्रित गरेका छन्। बिभिन्न धार्मिेकस्थलको चर्चासहि आधुनिक प्रविधी र अन्य विषय वस्तुलाई पनि गीतमा समटेका छन्।
गीत सार्वजनिक गर्दैै चक्रले भनेका छन्, 'म पहाड र तराइको संस्कृतिसँग उत्तिकै नजिक छु। मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदुरपश्चिमको केही पहाडी जिल्ला र तराइको रानाथारु समुदायमा होरी विशेष गाइने यो एक मन परेको धुन हो, जसलाइ लिएर धेरै पहिले देखि काम गर्ने इच्छ्या थियो। त्यो यसपटक पुरा भएको छ।'
उनले लोप हुदै गइरहेको यो संस्कृतीको लयलाई बाजा र तालमा बाँध्ने प्रयास गरेको बताउँदै भिडियोमा पनि धेरै तयारी नगरी मौलिकता झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजेको जनाएका छन्।
गीतमा शब्द संगीत स्वर उनको आफ्नै रहेको छ। उनलाई लक्ष्मी राना लगाएतका कलाकारले सामूहिक स्वरमा साथ दिएका छन्।