२०८३, आश्विन २९ गते

आगोमा जलेर घाइते बाबु छोरीको मृत्यु

आगोमा जलेर घाइते बाबु छोरीको मृत्यु

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • आगोमा जलेर घाइते बाबु छोरीको मृत्यु

    काठमाडौं। कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको मृत्यु भएको छ।

    खाँडाचक्र नगरपालिका–५ का ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारको क्रममा मृत्यु भएको पत्रकार जन्मदेव जैसीले सामाजिक सञ्जाल फेशबुक मार्फत जनाएका छन्।

    चैत २ गते बाख्रा चराउन गएको बेला दाम्रीको नवदुर्गा सामुदायिक वनमा भएको आगलागीमा परि गम्भीर घाइते भएका उनिहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij