काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) १७ औं सिजन भोलिदेखि सुरु हुँदैछ।
क्रिकेटको महाकुम्भ भनेर चिनिने आईपीएलमा पहिलो खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोर खेल्नेछन्। महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नई र विराट कोहलीको कप्तानीम बैङ्गालोर छ।
चेन्नई पाँचपटक आईपीएलको उपाधि विजेता हो। बैङ्गालोर हालसम्म पनि उपाधि बिहिन छ। चेन्नइले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो।
गुगल प्रिडिक्सन अनुसार यी दुई टोलीको जित हारमा अलिकति मात्रै फरक छ। चेन्नईले खेल जित्ने सम्भावना ५७ प्रतिशत देखाइएको छ भने बैङ्गलोरको जित सम्भावना ४३ प्रतिशत देखाइएको छ। नेपालमा पनि यी दुई टोलीका समर्थक थुप्रै छन्।
खासगरि धोनी र विराटका फ्यान धेरै देखिन्छन्। यी दुबै खेलाडीले भारतीय टिमको कप्तानी सम्हालि सकेका छन्।
१७ औं सिजनमा १० टोलीबीच ७४ खेल हुनेछन्। आईपीएल २०२४ क्रिकेट फ्यानहरूका लागि रोमाञ्चक सिजन हुने अपेक्षा गरिएको छ।
