२०८३, आश्विन २७ गते

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • सेयर बजारमा गिरावट

    काठमाडौं। सेयर बजार कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ को विन्दुमा बन्द भएको छ।

    आज ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ। आज ७९ कम्पनीको सेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ।

    आज बजार घट्दा पनि ७९ कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। यी कम्पनीको सेयर मुल्य बृद्धि भएको छ। आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्।

    आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। छ्याङदी हाइड्रोका लगानकिर्ताले ८।०१ प्रतिशतका दरले कमाएका छन्। जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन्।

    आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन्। आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन्।

    आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij