२०८३, आश्विन २९ गते

रास्वपाले थाल्यो दबाब यात्रा

रास्वपाले थाल्यो दबाब यात्रा

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • रास्वपाले थाल्यो दबाब यात्रा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी विकास गुरुयोजनामा अभियान सुरुवात गरेको छ।

    रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाले दबाब यात्रा थालेको हो।

    अभियानमा पार्टी सभापति रवि लामिछाने, लिमा अधिकारी, दीपक बोहरा, लक्ष्मी तिवारी, प्रमिला कुलुजु, क्रान्तिशिखा धिताललगायत सहभागी छन्।

    २०७७ सालमा ७।५ अर्बको स्रोत सुनिश्चिता भएपनि ३ अर्बको पहुँचमार्ग निर्माण गर्ने ०७७ सालमा ठेक्का हालसम्म २।५ अर्ब खर्च भएपनि बजेट विनियोजन नभएर अलपत्र परेको रास्वपाले जनाएको छ।

    अलपत्र पारिएका विकासमा माघ २१ गतेबाट रास्वपाले २१ योजना छानेर दबाब यात्राको थालेको थियो। यसअघि रास्वपाले मेलम्ची खानेपानी आयोजनाबाट दबाब यात्राको थालनी गरेको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij