२०८३, आश्विन २७ गते

एनआरएनए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले निर्वाचित

एनआरएनए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले निर्वाचित

मंगलवार, श्रावण ७ २०८२
मंगलवार, श्रावण ७ २०८२
  • एनआरएनए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले निर्वाचित

    लिस्बोन।  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले निर्वाचित भएकी छन्।

    लिस्बोनमा सम्पन्न निर्वाचनले काफ्लेलाई अध्यक्ष बनाएको हो । यस्तै कोषाध्यक्षमा अशोक जोशी विजयी भएका छन्।

    महाधिवेशनमा अधिकांश पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भए पनि अध्यक्ष र कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। अध्यक्ष पदका लागि पाँच जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए भने कोषाध्यक्ष पदमा दुई जनाबीच प्रतिष्पर्धा भएको हो।

    निर्वाचन संयोजक गम्भीरजङ्ग गुरुङका अनुसार महाधिवेशनपश्चात् सहमतिको प्रयास गरिएको भए पनि सहमति जुट्न नसकेको कारण चुनावमार्फत नेतृत्व चयन गर्नु परेको हो। उनले सहमति कायम नहुनुमा दुःख व्यक्त गर्दै मतदानमार्फत निष्कर्षमा पुग्नु परेको बताए।

    अध्यक्ष काफ्लेले धन्यवाद ज्ञापन गर्दै सबै नेपालीहरूलाई समेट्ने र पारदर्शी ढंगले संघ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    संघको नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीहरूको हितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    44f5f90a-53c5-4620-8f81-40e2e0e0cd6b.jpeg

    79f4882b-c2dc-46ce-b7cc-e7de73a4a455.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij