काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन अछाम पुगेका छन्।
उनी यतिबेला आफ्नो आत्मकथा समेटिएको पुस्तक ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ बेच्न देश दौडाहामा छन्। सामाजिक अभियन्ता समेत रहेका पुनलाई पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले अछाममा स्वागत गरेकी छन्।
नगरपालिकाले आज ५२ हजार ५ सय बराबरको आत्मकथा पुस्तक उनीसँग खरिद गरेको छ । पुनसँग खरिद गरिएको पुस्तक सामुदायिक बिध्यालयहरुलाइ हस्तान्तरण गरिने मेयर चलाउनेको सचिवालयले जनाएको छ।
