२०८३, आश्विन २७ गते

विदेशिन बाध्यको कथाः जिबी आग्रीले निर्देशन गरेको 'प्रदेशीको बाकश' (भिडियो)

विदेशिन बाध्यको कथाः जिबी आग्रीले निर्देशन गरेको 'प्रदेशीको बाकश' (भिडियो)

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • विदेशिन बाध्यको कथाः जिबी आग्रीले निर्देशन गरेको  'प्रदेशीको बाकश'  (भिडियो)

    काठमाडौं। निर्देशक जिबी आग्रीले निर्देशन गरेको 'प्रदेशीको बाकश' बोलको गीत सार्वजनिक भएको छ ।

    यो गीतको भिडियो सुरेश शाही युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । बहु चर्चित लोक गायिका शान्ती श्री परियार र सुरेश शाहीको आवाजमा रहेको यो गीतको भिडियोलाई निर्देशक आग्रीले निर्देशन गरेका हुन्।

    गीतमा दुर्योधन बस्नेतको शब्द रहेको छ भने, गायक सुरेश शाहीको एरेन्ज रहेको छ। बिरेन्द्र भाट बिपिनले छायाकंन गरेको उक्त भिडियोमा कलाकारहरु शितल केसी, दुर्गा भट्ट, रोम विष्ट, दुर्योधन बस्नेत, सुरेश शाही, प्रेमजंग ठकुरी, नरेश शाही र बब्लु बबालले अभिनय गरेका छन्।

    गीतमा बाल कलाकार आयान शाही र रितिका ढुंगानाको पनि अभिनय रहेको छ। गीतले विदेश जान मन नहुँदा नहुँदै पनि बाध्य भएको कथा वस्तुलाई भिडियोमा समेटको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij