२०८३, आश्विन २७ गते

ईसेवाले प्रयोगकर्ताहरूलाई ऋण दिने

ईसेवाले प्रयोगकर्ताहरूलाई ऋण दिने

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • ईसेवाले प्रयोगकर्ताहरूलाई ऋण दिने

    काठमाडौं। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ‘ईसेवा’ ले छिट्टै ‘ऋण’ सापटी योजना ल्याउने भएको छ। हाल विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूको साझेदारीमा पेमेन्ट ‘भुक्तानी’ को मात्र सेवा प्रवाह गरिरहेको कम्पनीले अब छिट्टै आफ्ना सेवाग्राही प्रयोगकर्ताहरूलाई ऋण सापटी समेत दिने भएको हो। 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘ईसेवा सापटी योजना’ का लागि कम्पनीले गृहकार्य गरिरहेको बताए। 

    ‘हामीले कर्जा सापटीको क्षेत्रमा पनि काम गर्न खोजिरहेका छौँ। ईसेवा प्रयोगकर्ताहरूलाई छोटो अवधिका लागि केही निश्चित रकम सापटीको सुविधा दिन सकिन्छ कि भनेर लागिरहेका छौँ’ सीईओ खड्काले भने, ‘यसका लागि बैंकहरुसँग कुरा भइरहेको छ।’

    ईसेवासँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले सहजीकरण गरे कम्पनीले छिट्टै सेवाग्राहीहरूलाई भुक्तानीको सुविधाको साथसाथै छोटो अवधिको कर्जा सापटी समेत उपलब्ध गराउने सीईओ खड्काले बताए।

    यस्तै, कम्पनीले आफ्नो सेवा तथा सुविधालाई थप परिष्कृत र परिमार्जन गर्दै अब ईसेवा मोबाइल एपलाई अंग्रेजीको साथसाथै नेपाली भाषामा समेत उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ।

    हाल एकमात्र अंग्रेजी भाषा हुँदा ग्रामीण सेवाग्राहीहरूलाई एप प्रयोगमा समस्या भएको महसुस गर्दै कम्पनीले अब विकल्पमा नेपाली भाषा समेत प्रदान गर्न लागेको हो। यो सुविधा थपिएसँगै ईसेवा हरेक नेपालीभाषीले सजिलै चलाउन सक्ने सीईओ खड्काको भनाइ छ। 

    हाल ८१ लाख हारहारी युजर (प्रयोगकर्ताहरु) रहेको ईसेवा कम्पनीले कूल डिजिटल पेमेन्ट (भुक्तानी) को ७० प्रतिशत बढी कारोबार एक्लैले गर्दै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij