२०८३, आश्विन २७ गते

सेफ्टिक ट्यांकीमा काम गर्दा एक जनाको मृत्यु, २ जना बेहोस

सेफ्टिक ट्यांकीमा काम गर्दा एक जनाको मृत्यु, २ जना बेहोस

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • सेफ्टिक ट्यांकीमा काम गर्दा एक जनाको मृत्यु, २ जना बेहोस

    काठमाडौं। पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन्।

    बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए। ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए।

    उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन्। बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ।

    घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टिक ट्यांकीमा उनीहरू काम गरेका थिए। सेफ्टिक ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी बुढाथोकीले बताए। उनीहरू पनि बेहोस भएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij