२०८३, आश्विन २७ गते

कल्याणपुरका मेयर पक्राउ

कल्याणपुरका मेयर पक्राउ

बुधवार, श्रावण १ २०८२
बुधवार, श्रावण १ २०८२
  • कल्याणपुरका मेयर पक्राउ

    काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साह बुधबार दिउँसो एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

    बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नगरपालिका कार्यालयभित्रैबाट नियन्त्रणमा लिएको हो। आयोगका अनुसार मेयर साहले उपभोक्ता समितिबाट निर्माण कार्यको पूर्ण भुक्तानी पास गरिदिने सर्तमा एक लाख रुपैयाँ लिँदै गर्दा अख्तियारको जालमा परेका हुन्।

    घटनाबारे अख्तियार स्रोतले जनाएको छ, “दिउँसो झन्डै पौने २ बजेतिर कार्यालयमै नगद लिँदै गरेका मेयरलाई नियन्त्रणमा लिइएको हो। अहिले घटनास्थलको मुचुल्का तयार पार्दै अनुसन्धान भइरहेको छ।”

    अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन मागेका थिए ।

    तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij