२०८३, आश्विन २७ गते

रुपन्देहीमा विषालु गोमन सर्पको आतंक, एकै घरमा २३ वटा फेला

रुपन्देहीमा विषालु गोमन सर्पको आतंक, एकै घरमा २३ वटा फेला

बुधवार, श्रावण १ २०८२
बुधवार, श्रावण १ २०८२
  • रुपन्देहीमा विषालु गोमन सर्पको आतंक, एकै घरमा २३ वटा फेला

    काठमाडौं । रुपन्देही जिल्लामा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा)को बिगबिगी देखिएको छ। तिलोत्तमा नगरपालिका, बुटवल र देवदहका विभिन्न स्थानमा घरभित्रै सर्प फेला परेपछि स्थानीयहरू त्रसित बनेका छन्।

    तिलोत्तमा–५ प्रेमनगरमा डिलाराम अर्यालको घरबाट तीन दिनको अवधिमा २३ वटा गोमन सर्प फेला परेका छन्। अर्याल भान्सा कोठामा खाना पकाउँदै गर्दा एक सर्पले डसेपछि खोजी गर्दा एकपछि अर्को गर्दै सर्प भेटिएको हो। प्रारम्भिक खोजमा ५ वटा, दोस्रो दिन १२ वटा र तेस्रो दिन थप ६ वटा सर्प भेटिएको सर्प उद्धारकर्ता विशाल पाण्डेले जानकारी दिए।

    “यसरी एउटै घरबाट २३ वटा गोमन सर्प फेला परेको घटना यो जिल्लामा पहिलो हो,” पाण्डेले भने, “सर्पलाई सुरक्षित रूपमा जंगलमा लगेर छाडिएको छ।”

    यस्तै, बुटवल–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा पनि एकै दिन ८ वटा गोमन सर्प फेला परेका छन्। त्यस्तै देवदह नगरपालिका–८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा सर्प फेला परेका छन्। यी सबै स्थानमा विशाल पाण्डे र उनको टोलीले उद्धार गरी सर्पलाई सुरक्षित स्थानमा लगेर छाडेका हुन्।

    विशाल पाण्डे अनुसार विगतमा वनजंगल रहेका स्थानहरू अब घडेरीमा परिणत हुँदा सर्पको प्राकृतिक बासस्थान मासिएको छ। “बासस्थान नहुँदा सर्पहरू घरघरमा पस्न थालेका छन्,” उनले भने।

    सर्प आतंक बढ्दो, सावधानी अपनाउन के गर्ने ?

    घर वरिपरि घाँसपात वा झाडी सफा राख्ने।

    भान्सा वा गोठ जस्ता स्थानमा भ्वाङ, चिरा भए पुर्ने।

    अँध्यारा स्थानमा सतर्क भएर प्रवेश गर्ने।

    सर्प देखिए आफैं समात्ने प्रयास नगर्ने।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij