२०८३, आश्विन २७ गते

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुग्यो

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुग्यो

बुधवार, श्रावण १ २०८२
बुधवार, श्रावण १ २०८२
  • अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुग्यो

    काठमाडौं। अमेरिकाले कडाइ गरेको अध्यागमन नीतिका कारण थप १९ जना नेपाली नागरिक डिपोर्ट भई नेपाल फर्किएका छन्।

    अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, जेठ २५ गते चार्टर्ड विमानमार्फत ३७ जना नेपाली डिपोर्ट भएपछि अहिले पनि नियमित उडानमार्फत एक÷दुई जना गर्दै नेपालीहरू फर्किरहेकै छन्।

    विभागका अनुसार त्यसपछिको अवधिमा थप १९ जना डिपोर्ट भएर आइ सकेका छन्। डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता अमेरिकाले कडाइपूर्ण अध्यागमन नीति अपनाएको छ। 

    त्यसपछि सामान्य कानुनी उल्लंघनमा परेका नेपालीहरू समेत डिपोर्ट हुने क्रम बढेको हो। प्राप्त विवरणअनुसार, डिपोर्ट भएर फर्किने अधिकांश व्यक्ति अवैध बाटो हुँदै अमेरिका जान खोज्नेहरू हुन्।

    अध्यागमन विभागका अनुसार, ट्रम्पको कार्यकाल सुरु भएयता हालसम्म १९७ जना नेपाली नागरिक डिपोर्ट भइसकेका छन्।

    प्रहरी अनुसन्धान अनुसार, अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। तिनीहरूलाई मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिकासम्म पु¥याइएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij