२०८३, आश्विन २७ गते

सुजनको निर्देशनमा अर्को गीत ‘के यो माया हो’ सार्वजनिक

सुजनको निर्देशनमा अर्को गीत ‘के यो माया हो’ सार्वजनिक

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • सुजनको निर्देशनमा अर्को गीत ‘के यो माया हो’ सार्वजनिक

    काठमाडौं। संगीतिक बजारमा नयाँ गीत ‘के यो माया हो’ सार्वजनिक भएको छ। गीतमा पूर्ण पौडेलको स्वर रहेको छ। जसलाई कुमार थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको अडियो सुजन म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतको भिडियो पनि दर्शकका लागि आकर्षक बनेको छ। भिडियोको निर्देशन सुजन राना मगरले गरेका छन् भने प्रिन्स रुपेन्द्र, सारिका केसी र शशि पाण्डेले अभिनय गरेका छन्। भिडियोको सिनेमाटोग्राफी अजय रेग्मीले सम्हालेका छन्। सम्पादन नवीन घर्ती मगरको रहेको छ।

    मेकअप आर्टिस्ट सपना लम्सालले कलाकारहरूको लुक्स तयार पारेकी छन्। भिडियोको पोस्ट–प्रोडक्सन सुजन म्युजिकले गरेको हो। शशि पाण्डे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोले प्रेमभाव झल्काउने भावनात्मक कथा बोकेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij