कैलाली। जानकी गाउपालिका वडा न ९, खैरिफाँटा, स्थित अरुणोदय माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. गगनसिंह थापाको स्मृतिमा विद्यालयका ३३ जना बिपन्न जेहेन्दार विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ।
आफ्ना स्व. हजुरबुबाको स्मृतिमा नाति सुहिम थापाले विद्यालयको न्यानो पोशाक सहयोग गरेका हुन्। स्व. गगन थापाका जेठा दाजु शेरबहादुर थापाले बुधबार विद्यालयमा आयोजित एक बिशेष कार्यक्रममा विद्यालयको छनोट र सिफारिसमा परेका बिपन्न परिवारका ३३ जना जेहेन्दार विद्यार्थीहरुलाई उक्त पोशाक हस्तान्तरण गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलराज भाट, शिक्षक इन्द्रबहादुर थापा, रुपा भण्डारी, विद्यालय संस्थापनकालका विद्यार्थी तथा अभिभावक झपट बि.क.लगाएत शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो।
बि.स. २०२९ मा अछामबाट खैरिफाटाँ आएर स्थानीय अभिभावकको अनुरोधमा पहिलो शिक्षक र प्रधानाध्यापकको रुपमा स्वर्गीय गगनसिहं थापाले उक्त बिधालयको प्रारम्भ गरेका थिए।
प्रशिद्द साहित्यकार समेत रहेका थापाका कर्णालीका छेउछाउ, पुर्खाको चिठी, महाप्रलय, अस्ताचलको ढोकाबाट, मेरा गाउँको खडक्या मन्त्री लगाएत नौ वटा कृतिहरु छन्। उनको पहिलो संयुक्त लेखनको कृति सोह्र सौगात बिधालयमा अध्यापनरत रहँदा नै २०३५ सालमा प्रकाशन भएको थियो।
विद्यार्थीलाई पोशाक सहयोग गर्ने उनका जेठा नाती सुहिम हाल क्यानडामा अध्ययनरत छन्।