काठमाडौं । लोकप्रिय गायक यश कुमार र गायिका स्मिता बोहराको स्वरमा नयाँ प्रेमिल ‘ज्यानमाया’ बोलको गीत सार्वजनिक भएको छ। यो गीत यश टु म्यजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा शब्द र संगीत भने यश कुमारको नै रहेको छ । साजन स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ-मास्टरिङ साजन. शाहले गरेका हुन्। गीतलाई बिवेक रनपालले रेकर्ड गरेका हुन्।
गीतको भिडियोमा पनि यश कुमार र स्मिता नै देखिएका छन्। भिडियो
लाई सागर बाबु भट्टले निर्देशन गरेका छन्।