२०८३, आश्विन २७ गते

‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’को मनोनयन फारम खुला

‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’को मनोनयन फारम खुला

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’को मनोनयन फारम खुला

    काठमाडौं। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ का लागि मनोनयन फारम खुल्ला भएको छ।

    सुजन म्युजिक प्रा.लि.को आयोजनामा भारतमा हुन लागेको अवार्डका लागि मनोनय दर्ताका लागि फारम खुला गरिएको आयोजक सुजन म्युजिक प्रा.लि.ले जनाएको छ।  गत बर्षबाट हुँदै आएको यो अवार्ड यस बर्ष पनि भारतको नयाँ दिल्ली मै हुने भएको हो।

    गीत संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम् गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    गत बर्ष पनि यो अवार्ड भारतमै वितरण गरिएको थियो। अवार्डका लागि बिभिन्न ३३ विधामा समावेश गरिएको छ। यस्तै सांगीतिक क्षेत्रमा योग्दान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने आयोजक कमिटीकी अध्यक्ष चर्चित गायिका जमुना रानाले जानकारी दिइन्।

    मनोनयन फारम शुल्क एक हजार रुपैया तोकिएको छ। काठमाडौंमा नभएकाहरुले अवार्डको लागि ईसेवाबाट फारम शुल्क बुझाई भर्न सकिने ब्यवस्था सहित फारम खुला गरिएको हो। अवार्डको नोमिनेशन नेपालमा हुने छ भने, फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने छ।

    जनवरी २६ अर्थाथ १३ माघमा भारतमै ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम हुने छ। जनवरी २७ अर्थात १४ माघेमाईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४ को अवार्ड बिशेष कार्यक्रम हुने कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए।

    नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्यले वि.स. २०७० सालमा स्थापना भएको यस सुजन म्यूजिक प्रा.लि. नेपाली गित, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो।

    गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशिल गीतकार, संगीतकार तथा गायक गायिकाका अतिरिक्त म्युजिक भिडियो निर्माण कार्यमा क्रियाशिल म्यूजिक भिडियो निर्देशक, स्युजिक भिडियो मोडल, विभिन्न क्षेत्रीय गीत सगीत, बाल प्रतिभा, राष्ट्रिय गीत लगायतका विभिन्न विधामा क्रियाशिल व्यक्तित्वको हौसलाका लागि अवार्डले महत्वपुर्ण योग्दान पुराउने आयोजकको विश्वास छ।

    कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागी ९८४१७६६९१८ मा सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीको अध्यक्ष जमुना राना मगर रहेकी छिन् भने संयोजकको रुपमा कुमार थापा रहेका छन् ।

    बिधाहरू
    अवार्डका बिधाहरूमा राष्ट्रिय भावको गीत,सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक÷गायिका, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट भाका, सर्वोत्कृष्ट शब्द रचनाकार, सर्वोत्कृष्ट नव गायक लगाएत गित संगितको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ। मंसिर महिना भित्र उत्कृष्ट ५ को घोषणा गरिने रानाले बताइन्।

    May be an image of text that says 'इं्डो-नेपाल नेपाल सुंजज म्यूजिक अचार्ड-४ अवार्डका बिधाहरू राष्टय भाठकोगीत सवात्कृष्ट लोक दोहोरी गीत सवोक्कृष्ट एकल लोकगीत गायक/गायिका गायक/ गायिका र्वाक्कृष्ट मालिक गीत गायक सर्तोक्कृष्ट गायक रावात्कृष्ट गायिका सवत्कृष्ट भाका सवत्कृष्ट राब्द रचनाकार सर्वोत्कृष्ट नव गायक गारिका राष्द रचनाकार भाका सर्वोत्कष्ट सम्पादज मोडल मोडल महिला एरुष मोडल महिला अभनय महिला/ पुरुष नृत्य महिला पुरुष सवोत्किृष्ट निदरक सचोत्कृष्ट भाषामाषि गायिका देउडागीत गायक a प्रतिभा จา सवोक्कृष्ट लोक สฐ स्वत्कृष्ट मोलििक अभिनय (महिला पुरुष) NDO NEPA SUJAN MUS AWARD-20 आवेदकको ठेगाना सम्पर्क जीतळो बोल सिफारिस गनेको हस्वाक्षर नाम टाइद्ल संयोजक जणेश कार्यक्रम सह-संयोजक जमुना अध्यक्ष Budhanagar, Kathmandu, Contact: 9841766918 E-mail: sujanmusic1 @gmail.com'

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij