२०८३, आश्विन २७ गते

पशुपतिनाथको कोटिहोममा छायाँकन गरिएको यो भजन (भिडियोसहित)

पशुपतिनाथको कोटिहोममा छायाँकन गरिएको यो भजन (भिडियोसहित)

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • पशुपतिनाथको कोटिहोममा छायाँकन गरिएको यो भजन  (भिडियोसहित)

    काठमाडौं। ‘भगवान तिमी विना’ बोलको भजन सार्वजनिक भएको छ। गायक तथा रचनाकार सि.एस. साउदले यो भजन बजारमा ल्याएका हुन्।

    पशुपतिनाथको कोटिहोममा छायाँकन गरिएको यो भजनको शब्द, संगीत र स्वर स्वयं साउदकै छ। विरेन्द्र भाट ‘विपिन’ले खिचेको भजनमा कोटिहोमको प्रांगणलाई भव्य रूपमा सजाएर छायाँकन गरिएको छ।

    निर्देशक दिपेन्द्र प्रकाश केसीका अनुसार यति धेरै कलाकार र दर्शकसहितको भजन नेपालकै पहिलो हो।

    भजनमा बाल योगेश्वर विजय कृष्ण मुर्ति, राजानन्द माण्डव्य, अमृतशरण देवाचार्यलगायतले अभिनय गरेका छन्। करिब १६ मिनेट लामो यो भजन साउदको युट्युब च्यानलमा हेर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij