२०८३, आश्विन २७ गते

गण्डकीले दियो पुलिसलाई १७१ रनको लक्ष्य

गण्डकीले दियो पुलिसलाई १७१ रनको लक्ष्य

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • गण्डकीले दियो पुलिसलाई १७१ रनको लक्ष्य

    काठमाडौं । तीव्र गतिका बलिङ अलराउन्डर अमृत गुरुङको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १७१ रनको मध्यम लक्ष्य दिएको छ ।

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८।३ ओभरमा १७० रनमा अल आउट भयो ।

    गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

    कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए । पुलिसका तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij