२०८३, आश्विन २७ गते

भंगहा नगरपालिकाको कामकाज ठप्प

भंगहा नगरपालिकाको कामकाज ठप्प

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • भंगहा नगरपालिकाको कामकाज ठप्प

    काठमाडौं। महोत्तरी भंगहा नगरपालिकाको कार्यालयमै कर्मचारीमाथि हातपात भएको विरोधमा मंगलबारको काम ठप्प पारिएको छ।

    नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडानम्बर ९ का मुकेशकुमार यादवले हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

    घटनाको छानबिन गरी दोषीमाथि कारबाही नहुन्जेलसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी कर्मचारीको छ।

    आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले नगरपालिकामा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij