२०८३, आश्विन २७ गते

'बन्दै नबनेको झोलुङ्गे पुल बनिसकेको देखाएर' ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी

'बन्दै नबनेको झोलुङ्गे पुल बनिसकेको देखाएर' ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • 'बन्दै नबनेको झोलुङ्गे पुल बनिसकेको देखाएर' ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी

    काठमाडौं। रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्।

    अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ।

    अधिकारीहरूका अनुसार कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको हो।

    ती कुनै पुल पूर्णरूपमा बनेका छैनन्। तर कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार तीन वटै झोलुङ्गे पुल निर्माण भइसकेको भनेर स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई कूल चार करोड ६४ लाख ८९ हजार ३१२ रुपियाँ भुक्तानी दिइसकेको छ।

    सरकारी कागजमा ती पुलहरू असार महिनाभित्रै सम्पन्न भइसकेको देखाइएको अधिकारीहरूले जनाएका छन्।

    बीबीसी नेपालीमा प्रकाश पन्तले सुर्खेतबाट समाचार लेखेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij