२०८३, आश्विन २७ गते

रोहित आबद्ध टोरोन्टो बन्यो ग्लोबल टि-२० क्यानडाको चौथो संस्करणको च्याम्पियन

रोहित आबद्ध टोरोन्टो बन्यो ग्लोबल टि-२० क्यानडाको चौथो संस्करणको च्याम्पियन

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • रोहित आबद्ध टोरोन्टो बन्यो  ग्लोबल टि-२० क्यानडाको चौथो संस्करणको च्याम्पियन

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टि ट्वान्टी क्यानडा लिगको चौथो संस्करणको च्याम्पियन भएको छ।

    मोन्ट्रियल टाइगर्समाथि सोमबार ८ विकेटको जित निकाल्दै टोरोन्टोले उपाधि जितेको हो। रोहित फाइनल पनि बेन्चमा थिए। त्यसअघिका धेरै खेलमा रोहित प्लेइङ ११ मा पर्न सकेका थिएनन्।

    टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। टोरोन्टोको जितमा आन्डे«स गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए। उनले ४९ बलमा ८ चौका प्रहार गरेका थिए।

    रासी भान डर डुसेनले ३४ बलमा अविजित ३० रन बनाए। टाइगर्सका लागि क्रेरबिन बोस र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो।

    टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५, जसकरण सिंहले १६ तथा अनुप रविले १० रन जोडे। टोरोन्टोका लागि जेसन बेहरेनड्राफ्टले ३, रोमारियो शेफर्डले २ तथा जुनैद सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जितेन्द्रपाल माथरुले समान १ विकेट लिए।

    ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटर आबद्ध भएको टिम च्याम्पियन भएको यो तेस्रो पटक हो। यसअघि सन् २०१९ को दोस्रो संस्करणमा नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेक्स हव्स च्याम्पियन भएको थियो।

    २०२३ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्स च्याम्पियन भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij