२०८३, आश्विन २७ गते

शिक्षा स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाको पाँचबुँदे असहमति

शिक्षा स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाको पाँचबुँदे असहमति

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • शिक्षा स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाको पाँचबुँदे असहमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिप्रति असहमति राखेकी छन् ।

    सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि उपसमिति गठन गरिएको थियो ।

    चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरु आएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन् ।

    समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् । सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अस्विकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै उनले असहमति राखेकी छन् ।

    गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १०० शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि त्यस विपरीत निर्णय लेखिएको उनले असहमतिमा लेखेकी छन् ।

    विज्ञ र सरोकारवालाको राय विपरीत एवम् चिकित्सा शिक्षा ऐनको मर्म विपरीत निर्णय लेखिएकाले आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

    संस्थालाई मापदण्ड पुगेता पनि नर्सिङ भर्ना गर्ने अनुमति नदिइएको भन्ने तथ्यांक खोजी गर्ने र त्यसो भएको हो भने सच्याउन निर्देशन दिनुपर्ने राय राखेकोमा तथ्यांक खोजी तर्फ उपसमितिले चासो नदिएको कार्कीले असहमतिमा लेखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij