२०८३, आश्विन २७ गते

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

    काठमाडौं। वनबाट ल्याएको च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन्।

    रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ बनबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन्। रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका हुन्।


    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा च्याउ खाएर बिरामी परेका हुन्।

    गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij